कपिलवस्तु । कपिलवस्तु नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रथम अधिवशेनबाट रबिन्द्र पौडेलको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा कृष्ण गैरे र बिष्णु पाण्डे, सचिवमा दिपक सापकोटा, उप सचिवमा मनु रसाईली र बालिका बुढाथोकी, कोषाध्यक्षमा धुर्व भुसाल, सहकोषाध्यक्षमा शान्ता अधिकारी सर्वसम्मत चयन हुनुभएको छ भने अन्य सदस्यमा रहनुभएको छ । नवगठित कमिटीका अध्यक्ष पौडेलले अध्यक्षको जिम्मेवारी प्रदान गर्ने सम्पुर्णमा धन्यवाद दिंदै संगठनलाई चुस्त दुरुस्त रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।