About Contact
०७ पौष २०८१, आइतबार
Close
बिज्ञापन
बुद्ध ज्ञान साइकल यात्रा’का यात्रीहरुलाई लुम्बिनीमा स्वागत

दर्पण पाेष्ट शनिबार, माघ १३, २०८० मा प्रकाशित

featured photo: Darpanpost

लुम्बिनी । ‘बुद्ध ज्ञान साइकल यात्रा’का यात्रीहरुलाई संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले लुम्बिनी मायादेवी मन्दिर अगाडि खादा लगाएर स्वागत एवं सम्मान गरेका छन् ।

साइकल सिटी भैरहवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनी सहित बुद्धसँग सम्बन्धित स्थलहरूलाई समेटेर शुक्रबार देखि दुईदिने ‘बुद्ध ज्ञान साइकल यात्रा’ गरेको थिए।

गौतम बुद्धसँग जोडिएका रुपन्देही, कपिलवस्तु र नवलपरासी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबारदेखि भएको साइकल यात्राका यात्रीहरुलाई उपाध्यक्ष डा. लामाले स्वागत एवं सम्मान गरेका हुन् ।

उपाध्यक्ष डा. लामाले आन्तरिक र बाह्य पर्यटन प्रबर्द्धन गर्न र बुद्ध सग सम्बन्धित महत्त्वपूर्ण क्षेत्रहरुलाइ उजागर गर्न ‘बुद्ध ज्ञान साइकल यात्रा’ले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । महत्त्वपूर्ण एतिहासिक पुरातात्त्विक क्षेत्रहरुमा यात्रीहरुको परिक्रमाले लुम्बिनी सहितक अन्य लुम्बिनी सग सम्बन्धित अन्य क्षेत्रहरु समेतको विकास, प्रचार-प्रसार एवं पर्यटन प्रबर्द्धनमा सिर्जनात्मक सहयोग पुगेको भन्दै उपाध्यक्ष डा.लामाले यात्रीहरुलाइ धन्यवाद व्यक्त गरेका हुन् ।

‘बुद्ध ज्ञान साइकल यात्रा’मा एक चिनियाँ, १७ भारतीय, १६ जना महिला, दुईजना १४ वर्षमुनिका सहित देशभरका विभिन्न सहरबाट गरी दुई सय २० भन्दा बढी साइक्लिस्ट सहभागी रहेका थिए।

शुक्रबार बिहान भैरहवाको बुद्धचोकबाट सुरु भएको यात्रा नवलपरासीको रामग्राम, रुपन्देहीको देवदह, निग्लिहवामा हुदै दोस्रो दिन तिलौराकोट, सग्रहवा, कुदान, गोटिहवा, लुम्बिनी आइपुगेका हुन् । उक्त यात्रा भैरहवा पुगेर समापन हुने छ।

आन्तरिक र बाह्य पर्यटकको नजरमा लुम्बिनीबाहेकका अन्य स्थान सधैँ ओझेलमा परेको हुनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट साइक्लिस्टहरूलाई सहभागी गराएर साइकल यात्रा गराएको साइकल सिटी सिद्धार्थनगरका सहसचिव राजेश खरेलले बताए।
हरेक वर्ष हुने यस कार्यक्रममा आगामी दिनमा बौद्ध मुलुकका साइक्लिस्टलाई सहभागी गराएर कार्यक्रम गर्ने उनले बताए ।

भैरहवाको बर्मेलिटोलबाट सुरु यात्राको लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री सिके गुप्ताले उद्घाटन गरेका थिए। यात्रामा सहभागी साइक्लिस्टहरूलाई मन्त्री गुप्ता, सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खानले नेपालको झन्डा र बौद्ध झन्डा हल्लाएर बिदाइ गरेका थिए। सहभागीले शनिबार मायादेवी मन्दिरको अवलोकन गरी भैरहवा फर्किएपछि यात्रा समापन भएकाे छ ।

सम्बन्धित

ताजा अपडेट
सशस्त्र प्रहरीद्घारा सुस्तामा निशुल्क स्वास्थ्य शिविर 
लुम्बिनीका २ वटा विद्युतीय बसको परीक्षण सञ्चालन शुरु, दानपेटिका राखेर सञ्चालन

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक
विमल भट्टराई
प्रधान सम्पादक
टंक बहादुर सुनार

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com