बुटवल । बुटवलमा प्लमबरलाई दुईदिने तालिम दिईएको छ । जिल्ला खानेपानी संस्था कर्मचारी समितिको आयोजनामा आइतबारदेखि तालिम सुरू भएको हो ।
तालिमको उद्घाटन गर्दै योगिकुटी खानेपानी डिभिजन कार्यालयका प्रमुख राजकुमार चौधरीले तीन तहको सरकारबीच तालमेल नहुदा तालिमका कार्यक्रम नआएको बताए । प्रविधिका तालिम आवश्यक रहेको बताउंदै उनले जिल्लाले तालिम आयोजना गरेकोमा खुसी व्यक्त गरे । सोही कार्यक्रममा बोल्दै सरकारले छुट्याउदै आएको खानेपानी ढल व्यवस्थापन भनेर आउने तालिम आउन छोडेको सुनाए । रुपन्देहीमा रहेको खानेपानी संस्थाहरु एक हुनु पर्ने जरुरी हरेको विशिष्ट अतिथि नयाँगाउँ खानेपानी संस्थाका अध्यक्ष रमा केसीले जोड दिनु भयो ।
सोमबारसम्म संचालन हुने तालिममा १०० जनाको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन समारोहको अध्यक्षता अध्यक्ष नवराज न्यौपाने, संचालन सचिव सुर्य चापागाई र स्वागत उपाध्यक्ष दिनेश आचार्यको रहेको थियो ।