About Contact
०७ पौष २०८१, आइतबार
Close
बिज्ञापन
सुस्तावासीलाई एक वर्ष विद्युत निःशुल्क दिने उर्जामन्त्रीको घोषणा

न्युज एजेन्सी नेपाल शुक्रबार, आश्विन ११, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुस्ता गाउँपालिका ५ का बासिन्दाहरुलाई एक वर्षको लागि विद्युतको महशुस नलिने घोषणा गर्नुभएको छ ।

सुस्ता जोड्ने पुल उद्घाटनपछि बोल्दै उहाँले पुलसँगै विद्युत प्रशारण लाइन पनि पुगेको भन्दै एक वर्षको लागि शुल्क नलिने बताउनुभएको हो । उहाँले गरिव जनताहरु र मुलुकको श्रोत, साधनबाट वञ्चित रहेका व्यक्तिहरुलाई सरकारले विद्युत उपलब्ध गराउँदै आएको बताउनु भयो । उहाँले १५ मेगावाट उत्पादन हुने ठाउँमा तीन मेगावाट मात्रै उत्पादन भइरहेकोप्रति पनि आफूहरुको ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले विद्युतको पहुँचसँगै उद्योगधन्दा र रोजगारी वृद्धि हुने अपेक्षा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गरिव जनताहरु र मुलुकको श्रोत, साधनबाट वञ्चित रहेका व्यक्तिहरुलाई हामीले विद्युत उपलब्ध गराउँदै गर्दा उहाँहरुले के सुविधा थप पाउँछन् त भन्ने आशयका साथ आफ्ना मन्तव्यमा अनुरोध गर्नुभएको छ । म अनुरोधलाई ससम्मान गर्दै यस मन्त्रालयका तर्फबाट एक वर्षका लागि विद्युत निःशुल्क हुने घोषणा गर्न चाहन्छु । १५ मेगावाट उत्पादन हुने ठाउँमा तीन मेगावाट मात्रै उत्पादन भइरहेको छ भन्ने छ । विद्युतको पहुँच पुग्दै गर्दा यहाँ उद्योग धन्दाहरु सञ्चालन हुने, रोजगारीहरु प्राप्त हुने, छिमेकी मुलुक भारत रहेको छ । यहाँ थुप्रै कलकारखाना सञ्चालन हुनसक्ने र सिंचाईका लागि पनि यो विद्युतलाई उपयोग गर्ने महत्वपूर्ण काम हुने बताउनु भयो ।’

मन्त्री खड्काले भारतसँग सीमा जोडिएकाले पनि रोजगारीका अवसरहरु अब उद्योग सञ्चालनसँगै बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सिंचाईका कामहरुमा पनि विद्युतको प्रयोग बढाउन सकिने उल्लेख गर्नुभयो ।

सम्बन्धित

ताजा अपडेट
सशस्त्र प्रहरीद्घारा सुस्तामा निशुल्क स्वास्थ्य शिविर 
लुम्बिनीका २ वटा विद्युतीय बसको परीक्षण सञ्चालन शुरु, दानपेटिका राखेर सञ्चालन

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक
विमल भट्टराई
प्रधान सम्पादक
टंक बहादुर सुनार

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com