असाेज २० । बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले स्थानीय बस व्यवसायीलाई पहिलाे प्राथमिकतामा राखेर काम गरेकाे बताएका छन् । विजयादशमीकाे अवसरमा पश्चिम नेपाल बस व्यवसायी प्रा.लिले आयाेजना गरेकाे शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै उपमहानगरपालिकाले बसपार्कलाई थप व्यवस्थित गर्न लागेकाे बताए । यात्रुकाे सुविधाकाे लागि बसपार्कमा सिसि टिभी, चमेनागृह, स्नानगृहकाे व्यवस्था गरिएकाे र राजस्व अनुसन्धान कार्यालय भएकाे घरमा टिकट काउण्टर सार्ने तयारी भएकाे जानकारी दिए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले चाडपर्वकाे समयमा कालाबजारी हुन नदिने बताए । पर्वकाे समयमा हुने अनियमितता राेक्न वाणिज्य संघ लागि परेकाे जानकारी दिए ।
पश्चिम नेपाल बस व्यवसायी प्रा.लिका अध्यक्ष दधिराम खरेलले चाडपर्वमा घर जाने यात्रुहरूकाे यात्रा सुरक्षित बनाउन बस व्यवसायीहरू प्रतिवद्ध रहेकाे बताए । पर्वमा हुने भिडभाडलाई मध्येनजर राखेर बसकाे संख्यामा वृद्धि गरेकाे र अन्य रूट नभएकाे स्थानमा बस सुविधा दिने सवारी साधनलाई प्रा.लिकाे तर्फबाट बिशेष सुविधा उपलब्ध गराएकाे जानकारी दिए । इभीका कारण यातायात व्यवसायी मारमा परेकाे भन्दै यसकाे व्यवस्थानमा ध्यान दिन सरकारसंग आग्रह गरे ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले चाडपर्वमा हुने फरक खालका अपराध राेक्न सुरक्षा याेजना निर्माण निर्माण गरेकाे बताए । क्षमता भन्दा वढी यात्रु बाेक्ने र भाडादर भन्दा वढी रकम असुल्ने समस्या समाधान गर्न प्रहरी लागि परेकाे जानकारी दिए । यात्रालाई सुरक्षित बनाउन सचेत हुन सबैलाई आग्रह गरे ।
नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पाेख्रेलले चाडपर्वमा हुने दुर्घटना न्युनिकरण गर्न सबै सचेत हुनु पर्ने बताए । चाैतर्फी निरासा वढेकाे उल्लेख गर्दै मानिसहरूलाई कसरी आशावादी बनाउन सकिन्छ भन्ने बिषयमा सबैले साेच्नु पर्ने बताए ।