काठमाडौं । वि.स. २०८१ सालको वडादशैं अर्थात विजयादशमीको टीका आज (शनिबार) लगाइँदैछ । नवदुर्गाको प्रसादका रुपमाआजमान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीकजमरा लगाइँदै छ। कसैकसैले सेतो टीका पनिलगाउँदैछन् ।
दसैं घर वापूजा कोठामा नौ दिनसम्मपूजाआराधनागरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका प्रसाद ग्रहण गर्न साइतखोज्नेका लागि नेपालपञ्चांग निर्णायकविकास समितिले बिहान ११ बजेर ३६ मिनेटलाई साइतउत्तम रहेको जनाएको छ।
विजयादशमीआफैंमाशुभदिनभएकाले आज टीका लगाउन सामान्यमानिसले साइतखोज्नु पर्दैन भन्ने मान्यतापनि छ। घटनास्थापनादेखि पूजाआराधनागरिएकी देवीविसर्जन गर्ने साइतभने बिहान ८ बजेर ३३ मिनेटमा रहेको छ ।
दशमीको दिनदेवीदुर्गा भवानीले राक्षसको बध गरेपछि विजयउत्सवका रुपमामनाइले दशैंमा रातो टीका र जमरा लगाउने परम्परा रहेको छ । केहीजनजाति समुदायमाभने शान्तिको प्रतिकमानेर सेतो रङको टीका लगाउने चलनपनि छ ।
ठूला वामान्यजनको हातबाट टीका जमरा लगाएर दशैंमाआशिर्वाद थाप्ने गरिन्छ । टीका लगाउँदा टिका लगाइदिने व्यक्तिपश्चिम र टीका लगाउने व्यक्तिपूर्व फर्कनुपर्ने धार्मिक मान्यता रहेको छ ।
विजयादशमीको दिन टीकाको साइत गरेसंगै देवीको प्रसादको रुपमा कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाउने प्रचलन रहेको छ ।