About Contact
०७ पौष २०८१, आइतबार
Close
बिज्ञापन
संस्कृति संरक्षणका लागि एकजुट हुन गुरुङ समुदायका अगुवाको आग्रह

मनु गुरूङ शनिबार, कार्तिक १०, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

कार्तिक १० । तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद् बुटवल उपमहानगर समितिको २६ औँ वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन भएको छ । शनिबार महाज्ञान बौद्ध विहारमा भएको कार्यक्रममा बोल्दै तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद् रूपन्देही अध्यक्ष बिमला गुरूङले संस्कृति संरक्षण गर्न सबै एकजुट हुनु पर्नेमा जोड दिइन । पछिल्लो समय संस्कृति संरक्षणमा केही काम भएको भए पनि अपेक्षाकृत काम हुन नसकेको उनको भनाई थियो । मौलिक भाषा संस्कृति संरक्षण गर्न सके मात्रै पहिचान जोगिने उल्लेख गर्दै संस्कृति र परम्पराको बारेमा युवाहरूलाई प्रशिक्षण गर्नु पर्नेमा जोड दिइन ।

तमु युवा परिषद् लुम्बिनी प्रदेशका अध्यक्ष अर्जुन तमुले संस्कृति संरक्षण युवाहरूको काँधमा रहेको बताए । उनले युवाहरूलाई गुरूङ भाषा लिपिको बारेमा प्रशिक्षण दिन आग्रह समेत गरे । कार्यक्रममा संस्थाका निवर्तमान उपमहानगर समिति अध्यक्ष शेरबहादुर गुरुङ, तमु युवा परिषद लुम्बिनी प्रदेशका उपाध्यक्ष सुदिप बहादुर तमु, नगर बरिष्ठ उपाध्यक्ष उमा गुरुङ, दिपनगर ईकाइ अध्यक्ष रस बहादुर गुरुङ्ग लगायतले बोलेका थिए । कार्यक्रम संस्थाका कोषाध्यक्ष बसन्ती गुरुङले आर्थिक प्रतिवेदन पेश गरेको कार्यक्रम उपाध्यक्ष बीर बहादुर गुरुङको स्वागत र उमा गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
सशस्त्र प्रहरीद्घारा सुस्तामा निशुल्क स्वास्थ्य शिविर 
लुम्बिनीका २ वटा विद्युतीय बसको परीक्षण सञ्चालन शुरु, दानपेटिका राखेर सञ्चालन

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक
विमल भट्टराई
प्रधान सम्पादक
टंक बहादुर सुनार

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com