सुनवल । सर्वाङ्गिण कृषि सहकारी सस्था लि सुनवलको २४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष खगराज उपाध्यायको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्य प्रसाद दुबेको प्रमुख आतिथ्यता रहेको थियो । २४ सय ६४ शेयर सदस्य रहेको सस्थाको कुल पुजी ३० करोड ६९ लाख ८५ हजार ५ सय ५३ रहेको सस्थाले ७१ लाख ५० हजार ७४ रुपैयाँ नाफा गर्न सफल भएको सस्थाले जनाएको छ ।
संस्थाका अध्यक्ष उपाध्यायले वार्षिक प्रगति तथा कार्ययोजना प्रतिवेदन प्रस्तुत गर्दै कृषि क्षेत्रको विकासका लागि यस क्षेत्रमा लगानी बृद्धि गर्दै कृषि कार्यक्रमलाई बढावा दिन थालिएको बताउनुभएको छ ।
साधारण सभाका प्रमुख अतिथि नगर उपप्रमुख सुर्य प्रसाद दुबेले वर्तमान परिवेशषमा सहकारीमा भएको तरलता लाई व्यवस्थापन गरि व्यवसायी तिर उन्मुख भई सदस्यहरुको आर्थिक विकासमा र सिपको विषयमा योजना बनाई अगाडि बढ्नु पर्ने विचार राख्नुभएको थियो ।
यस्तै सहकारीले यस आव मा ७१ लाख ५० हजार ७४ रुपैया खुद मुनाफा आर्जन गरेको कोषाध्यक्ष हरि प्रसाद चापागाईले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमा जनाईएको छ । कार्यक्रममा विभिन्न सुझाव सहित लेखा सुपरीवेक्षण समितिको तर्फबाट लेखा संयोजक सुवणर्राज उपाध्यायले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्य प्रसाद दुबे, जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दयाराम भण्डारी, जनता संझौता साकोसका अध्यक्ष डोलराज भण्डारी, सुनवल वडा नं १ का वडा अध्यक्ष मन बहादुर थापा, वडा नं ६ का वडा अध्यक्ष हिमलाल चापागाई, जिल्ला सहकारी संघ नवलपरासीका संचालक समिति सदस्य कृष्ण बन्धु अर्याल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष रुद्रनाथ लामिछानेको स्वागत मन्तव्य रहेको कार्यक्रममा ८४ वर्ष उमेर पुगेका जेष्ठ सदस्य, शैक्षिक क्षेत्रमा उत्कृष्ठ नतिजा ल्याउने शेयर सदस्यका छोराछोरीहरुलाई सम्मान गरीएको कार्यालय प्रमुख सोमनाथ सापकोटाले बताउनुभयो । उक्त कार्यक्रमको संचालन संस्थाका सचिव कृष्ण अर्याल ले गर्नु भएको थियो ।