पुस १२ । देवदह प्रेस क्लबकाे आयाेजनामा देवदहमा सञ्चालित दाेस्राे देवदह मिडिया फेस्टिवल २०८१ मा तीन जना केन्द्रीय नेताले छलफल गर्ने भएका छन् । फेस्टिवलकाे दाेस्राे दिन पुस १२ गते देवदह-६ सरहनबारीमा आम असन्तुष्टि र लाेकप्रियतावाद शीर्षकमा काँग्रेस नेता मीन बिश्वकर्मा, एकीकृत समाजवादी नेतृ राम कुमारी झाँक्री, रास्ट्रिय स्वतन्त्र पार्टीका मनिष कुमार झा र विश्लेषक डा.मिना पाैडेलले छलफल गर्न लागेका हुन् ।
छलफलकाे सहजीकरण लेखक तथा पत्रकार सिद्धिचरण भट्टराईले गर्नेछन् । फेस्टिवलकाे पहिलाे दिन नेपाली मिडिया : बढ्दाे आर्थिक संकट, घट्दाे विश्वसनीयता, विकासकाे बाटाेमा देवदह कहाँ पुग्याे कहाँ चुक्याे ? शीर्षकमा छलफल भइसकेकाे छ । दाेस्राे दिन सरहनकाे सिमी : उत्पादन र बजारीकरण, आध्यात्मिक पर्यटन र बृहत्तर लुम्बिनी र आम असन्तुष्टि र लाेकप्रियतावाद शीर्षकमा छलफल हुने आयाेजकले जनाएकाे छ ।