भैरहवा । प्रहरी प्रधान कार्यालयले काजमा रहेका वा सरुवा–बढुवा भई अन्यत्र पदस्थापना भइसकेका प्रहरी कर्मचारीलाई यथाशीघ्र आ–आफ्नो दरबन्दीमा हाजिर हुन निर्देशन दिए पनि रुपन्देहीमा अवज्ञा भएको पाइएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीमा आन्तरिक सुदृढीकरण ल्याउने तयारीस्वरुप अन्यत्र दरबन्दीका प्रहरीलाई यथाशीघ्र फिर्ता रवाना गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिए पनि समेत रुपन्देहीमा पालना भएको छैन । सोर्सफोर्स भएका र हाकिमलाई चाकडी गर्न सक्नेलाई थमौती गर्ने र नसक्नेलाई दरबन्दीमा फिर्ता गरेर भेदभावपूर्ण कार्य गर्ने क्रम रुपन्देहीमा चलेको छ । कार्यक्षमतामा अत्यन्तै कमजोर मानिने रुपन्देहीका प्रहरी उपरीक्षक रन्जित सिंह राठौरले नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय पश्चिम नवलपरासी दरबन्दीका प्रहरी सहायक निरीक्षक (असई) सन्तोष राउतलाई काखी च्याप्दै आएको स्रोतले बताएको छ । ‘अनुसन्धान अधिकृत नभएको भन्दै तोकिएको दरबन्दीमा रमाना गर्न एसपी रन्जित सिंह राठौर स्वयंले नै मानिरहेका छैनन्’ । विगत दश वर्ष देखि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा प्रहरी जवानकै पदबाट हाल प्रहरी सहायक निरीक्षक (असई) हुँदासम्म प्रहरी भित्रका कर्मचारी प्रशासन शाखामा बस्दै आएको छन्। नवलपरासीमा दरबन्दी रहेको असई राउतको रुपन्देही भित्र छुट्टै रुवाब रहेको प्रहरी जवानहरुको गुनासो छ । विभागीय निर्देशन दिँदासमेत एसपी राठौरले प्रहरी प्रधान कार्यालयको निर्देशनलाई रद्दीको टोकरीमा हालेका छन् । जबकि काजमा बसेका र अन्यत्र दरबन्दीका प्रहरी कर्मचारीलाई रमाना गर्न प्रहरी प्रधान कार्यालयले बारम्बार परिपत्र गर्दै आइरहेको छ । एसपी राठौरले आनाकानी गर्दै आफ्नो दरबन्दी भएका कार्यालयमा प्रहरी कर्मचारीलाई हाजिर हुन नदिएर अन्याय गरिरहेको प्रहरी स्रोतले बताएको छ। असई राउतको दरबन्दी हल नेपाल प्रहरी अपराध अनुसन्धान कार्यलय पश्चिम नवलपरासी रहेको छ तर पालनपोषण लगभग १० वर्षदेखि एउटै शाखामा बसेर आफ्नो हुकुम चलाइरहेको एक प्रहरी जवानले नाम गोप्य राख्ने शर्तमा जानकारी दिनुभएको छ। उनका अनुसार राउत वितग लामो समयदेखि प्रशासन शाखामा बस्दै आएका छन् ।
जिल्ला प्रहरी कार्यालयमा पटक पटक सरुवा रवाना गर्न तालुक कार्यलयबाट आदेश आउँदा पनि आफुलाई भने अनुसारको रकम नबुझाएमा मन नपरेको प्रहरी हवल्दार र प्रहरी जवानलाई रवाना गर्न गरेको स्रोतले जनाएको छन् छन्। उनले भन्छन् असई राउतका रवाना किन हुदैंन यसमा तल्लो स्तरका सबै प्रहरी कर्मचारी चकित परेका छन् । प्रहरी भित्रका प्रहरी कर्मचारी प्रशासन शाखा महत्वपूर्ण शाखा मानिन्छ । त्यही दरबन्दी भएका एक जना सफल दर्जाका प्रहरी नाम नबताउने सर्तमा बताएका छन् । उनले भन्छन् मेरो दरबन्दी यही जिल्ला भित्र सुगम ठाउँमा हो तर मैले प्रशासन शाखाका असई साहब राउत सरलाई भने जतिको आर्थिक दक्षिणा दिन नसक्दा जिल्लाका सब भन्दा विकट ठाउँमा बस्न बाध्य गरेको छन्। अर्को एक जना जवानले भने जिल्ला भित्र अन्तरिक सरुवा हुँदा मेरो कोठा छ, मेरो परिवार लुम्बिनी छन् भन्दाभन्दै पनि मलाई त्यही शाखा हेर्ने प्रहरी निरीक्षकसंग पेश लगेर उल्टो उल्टो रिपोट गरेर मलाई विकट ठाउँमा पठाउन सफल भए किन कि ठुलो हाकिमले पनि उहाँकै कुरा सुन्ने गर्छन ।
एक जना अरु त्यहीका जुनियार प्रहरी अधिकृत भन्छन् असई राउतका हवल्दार र जवानका अन्तरिक सरुवामा राम्रो सीमावर्ती चौकीमा पठाउन ठुलो हात हुन्छ । चौकी इन्चार्जहरुसंग पनि म प्रशासन शाखाका दोस्रो हकिम हो भनेर थर्काउने गरेको समेत स्रोतले बताएको छन् । कोसेली नपठाए हकिम हरुलाई उल्टो उल्टो रिपोट गरी बारम्बार धम्की समेत आउने गरेको बताउँछन् । अझै थप्नु हुन्छ कि भन्छन् । एसपी सबैका रवाना दरबन्दी भएको ठाउँमा गर्छन् तर राउत को रवाना किन हुदैंन यस विषयमा जिल्ला प्रहरी र प्रदेश प्रहरी कार्यलय मौन बसेको छ । जिल्लामा पटक पटक तालुक कार्यलयबाट आदेश आउँदा पनि उनलाई केही फरक पर्दैन । जुनसुकै तालुक कार्यलयबाट आदेश आएपनि मलाई फरक पर्दैन मेरो माथिसम्म पहुँच छ । भन्दै आफू भन्दा तल्लो दर्जा प्रहरी कर्मचारीलाई हप्की दप्की फुर्ति समेत लगाउँछन ।