दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८१ अर्न्तगत दोश्रो दिन विभिन्न खेलहरु सम्पन्न

देवदह। रुपन्देहीको देवदहमा संचालित देवदह नगरपालिका स्तरीय अन्तर विद्यालय दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८१ अर्न्तगत दोश्रो दिन विभिन्न खेलहरु सम्पन्न भएको । देवदह नगरपालिकाको आयोजना र केरवानी माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगिता अर्न्तगत दोश्रो दिन भएको ८ सय छात्रा तर्फ देवदह बुद्ध पव्लिकका सिम्रन पाण्डे प्रथम, देवदह माविका रिताका थापा द्धितिय, जनप्रिय माविका पूर्णिमा चौधरी तृतिय भएको छ । यसैगरी सोही खेलको छात्र तर्फ देवदह बुद्ध पव्लिकका प्रविन राना प्रथम, केरवानी माविका विक्रम बोहोरा द्धितिय, ग्रीन प्लान्ट आवासीय माविका अभिषेक लामिछाने तृतिय भएको छ । २ सय मिटर छात्रा तर्फर्को दौडमा सिता माविका रोशनी सुनाम प्रथम, देवदह बुद्ध पव्लिकका जस्मिन थापा द्धितिय, न्यू नमुनामाविका कृषिका तिवारी तृतिय भएको छ भने छात्र तर्फको खेलमा केरवानी माविका समीर सारु प्रथम, देवदह बुद्ध पव्लिकका प्रदिप सुनार द्धितिय, सेभेनस्टार बोडिङ्गका ईमरान पठान तृतिय भएको छ । यसैगरी छात्र तर्फ भएको ५ सय मिटर रिले दौडमा देवदह मावि प्रथम, केरवानी मावि द्धितिय, ग्रीन प्लान्ट मावि तृतिय भएको छ भने छात्रा तर्फ भएको खेलमा ग्रीन प्लान्ट मावि प्रथम, देवदह बुद्ध पव्लिक द्धितिय, सगरमाथा आवासीय मावि तृतिय भएको छ । त्यसैगरी छात्रा तर्फ भएको ज्याभलिन थ्रो तर्फ भविश्य निर्माण माविका विना श्रीष प्रथम, देवदह बुद्ध पव्लिकका बिमला मस्राङ्गी द्धितिय, सगरमाथाका विष्णु पोखरेल तृतिय भएको छ । यसैगरी छात्र तर्फ भएको सोही खेलमा देवदह बुद्ध पव्लिकका यामबहादुर वस्याल प्रथम, न्यू लुम्विनी बोडिङ्गका सन्दिप गुरुङ्ग द्धितिय, जनप्रिय माविका लक्ष्मण आले तृतिय भएको छ ।

प्रतियोगिता अर्न्तगत छात्र तर्फको ट्रिपल जम्पमा केरवानी माविका हिमान्सु चापागाई प्रथम, खड्क माविका कृष्ण थारु द्धितिय, देवदह माविका चन्द्रबहादुर क्षेत्री तृतिय भएको छ । यसैगरी छात्रा तर्फ भएको सोही खेलमा सगरमाथाका जस्मिन कुवर प्रथम, न्यू लुम्विनी बोडिङ्गका दिपिका रिजाल द्धितिय, केरवानी माविका आरती सार्की तृतिय भएको छ । त्यसैगरी देवदह नगरपालिका स्तरीय अन्तर विद्यालय दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड अर्न्तगत कराते प्रतियोगिता सम्पन्न भएको छ । खेल विभिन्न कातामा भएको खेलमा ३ स्वर्ण, ५ रजत र ३ कास्य प्राप्त गरी देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ । यसैगरी २ स्वर्ण, २ रजत र ४ कास्य प्राप्त गरी सगरमाथा आवासीय विद्यालय द्धितिय भएको छ । त्यसैगरी २ स्वर्ण, १ रजत र २ कास्य प्राप्त गरी भविश्य निर्माण मावि तृतिय भएको छ । प्रतियोगिता अर्न्तगत छात्र तथा छात्रा तर्फ कड्डीका विभिन्न खेलहरु सम्पन्न भएको छ । त्यसैगरी छात्र तथा छात्रा भलिवल तर्फ विभिन्न खेलहरु सम्पन्न भएको छ । छात्र तर्फको भलिवल खेलमा देवदहका २७ वटा विद्यालय मध्ये २१ वटा विद्यालयको सहभागिता रहेको छ भने छात्रा भलिवल खेलमा १८ वटा विद्यालयको सहभागिता रहेको केरवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगानाले जानकारी दिनु भयो । माघ ३ देखि ४ गते सम्म संचालन हुने प्रतियोगितामा देवदह क्षेत्रमा रहेका २७ वटा विद्यालयका ८५३ खेलाडीहरुले विभिन्न खेलमा प्रतिस्पर्धा गरिरहेको उहाले जानकारी दिनु भयो ।