नवलपरासी । पश्चिम नवलपरासीमा चिसोबाट प्रभावित पाल्ही नन्दन गाउँपालिका वडा नं ४,५ र ६का २० गरिब तथा असक्त विपन्न परिवारलाई शुक्रबार कम्बल वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी परासी शाखाको सहयोगमा पाल्ही उप- शाखालाई वितरण गर्नको लागि दिएको २० थान कम्बल गरिब तथा असक्त विपन्न परिवार लाई कम्बल वितरण गरेको हो । केही दिन यता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा नेपाल रेडक्रस सोसाइटीले कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन् । नेपाल रेडक्रस सोसाइटी पाल्ही उप-शाखाले गरिब तथा असक्त विपन्न परिवारलाई कम्बल वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी पाल्ही उप-शाखा सह- कोषाध्यक्ष मानेश्ववर सहानीले जानकारी दिए ।
चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको उनले बताए । अत्याधिक चिसो र शीतलहरका कारण दैनिक ज्यालादारी गर्नेहरु समस्यामा परेका छन् भने वृद्धवृद्धा तथा बालबालिकाहरु जोखिममा रहेका छन् । शीतलहर र चिसोका कारण प्रत्येक वर्ष तराईमा स्थानीयले कठ्याङ्ग्रिएर अकालमै ज्यान गुमाउने गरेको सहानीले बताउनुभएको छ।