रुपन्देहीको शुद्धोधन गाउँपालिकाको संयुक्त आयोजनामा शुद्धोधन गापा वडा नम्बर ३ अवस्थित आधारभुत स्वास्थ सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम शनिबार एक समारोहबीच सम्पन्न भएको छ।शुद्धोधन गाउँपालिका र नेपाल नियमित रक्तदाता संघ जिल्ला शाखा रुपन्देहीको संयूक्त आयोजनामा सो कार्यक्रममा शुद्धोधन ३ का वडा अध्यक्ष हेम खड्काको अध्यक्षतामा र शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि बस्यालले रक्तदातालाई ब्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमकाे उदघाटन गर्दै हरेक स्वस्थ युवाले नियमित रक्तदान गर्नुपर्नेमा जाेड दिदै रक्तदान जस्तो पवित्र दान जीवनमा अरु केही हुन नसक्ने भएकाले यस्तो कार्यमा सदैब लागिपर्न आग्रह समेत गर्नुभएको थियाे ।सो निःशुल्क स्वास्थ्य शिविरमा ११६ जना भन्दा बढीले प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा लिएका थियोे।भने हालैमात्र संचालनमा आएको वडा नम्बर ३ अवस्थित आधारभुत स्वास्थ सेवा केन्द्रमा १३ जना रक्तदाताले रक्तदान गर्नुभएको र सो शिविरमारोटरी इ- क्लब अफ मेडिकोफ्युजन हाइब्रीड नेपालबाट नाक कान घाटी विशेषज्ञ डा.प्रकाश बस्नेत र इन्टर्नल मेडिसिन विशेषज्ञ डा. शाहिल भुसालको उपस्थिति रहेको थियो।भने रक्तदान कार्यक्रममा प्राबिधिक सहयोग रक्तसंचार केन्द्र बुटवल रहेको नेपाल नियमित रक्तदाता संघ जिल्ला शाखा रुपन्देहीका अध्यक्ष अशेष शिलवालले जानकारी दिनुभयो । शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको स्वागतमा र शुद्धोधन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीको संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।
ब्रेकिंग