![“सामाजिक सञ्जालकाे दुरुपयोग गरी फैलाइने भ्रमलाई संचार माध्यमहरूले चिर्न सक्नुपर्नेमा जाेड”](https://www.darpanpost.com/wp-content/uploads/2025/01/IMG-20250125-WA0004-1024x768.jpg)
बुटवल । सामाजिक सञ्जालकाे दुरुपयोग गरी समाजमा फैलाइने भ्रमहरूलाई संचार माध्यमहरूले चिर्नसक्नुपर्नेमा सराेकारवालाहरूले जाेड दिएका छन् ।
शनिबार बुटवलमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) रूपन्देहीकाे साताै जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा सहभागीहरूले सुचना प्रविधिमा आएको विकाससँगै पछिल्लो समय सामाजिक सञ्जालकाे दुरुपयोग गरी समाजमा बिभिन्न किसिमका भ्रम फैलाउने क्रम बढ्दै गएको भन्दै त्यसलाई संचार माध्यमहरूले चिर्न सक्नुपर्नेमा जाेड दिएका हुन् ।
काेभिड-१९ पछि नेपाली संचार माध्यम संकटमा परेको र त्यसबाट जनजाति पत्रकारहरू पनि प्रभावित भएको भन्दै उनिहरूले आदिवासी जनजाति पत्रकारहरूकाे क्षमता बिस्तार गर्ने कार्यमा राज्यले सहयोग गर्नुपर्ने आवश्यकता औल्याए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) रूपन्देहीका अध्यक्ष सनु थापाकाे सभापतित्व र रूपन्देहीको
कञ्चन गाउपालिका उपाध्यक्ष माैसमि पुनकाे प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फाेनिजका केन्द्रीय उपाध्यक्ष सरू राना,प्रदेश संचार प्रतिष्ठान लुम्बिनी अध्यक्ष मिलन गाहा,नेपाल मगर संघ रूपन्देही जिल्ला अध्यक्ष थर्क बहादुर बारघरे,नेपाल प्रेस युनियन रूपन्देही सभापति कबिन्द्र नेपाल,प्रेस सेन्टर रूपन्देहीका अध्यक्ष विष्णु पोखरेल,समाजवादी प्रेस संगठन रूपन्देही अध्यक्ष बिनाेद परियार,प्रगतिशील पत्रकार संघ रूपन्देही अध्यक्ष बिरेन्द्र कुँवर,दलित पत्रकार संघ रूपन्देहीका अध्यक्ष टंक सुनार,आदिवासी जनजाति अगुवा इन्द्र राई,नेपाल मगर संघ बुटवल उपमहानगर अध्यक्ष बसन्ती साठिघरे लगायतले आ आफ्नो भनाइ राखेका थिए ।
संघका काेषाध्यक्ष मीन रानाकाे स्वागत मन्तब्यबाट सुरु भएको उद्घाटन कार्यक्रम सचिव राज चाैधरीकाे सञ्चालनमा भएको थियो । अधिवेशन संघको नयाँ नेतृत्व चयन गर्दै सकिएको छ। अध्यक्षमा मीन राना , उपाध्यक्षमा राज चौधरी , सचिव आकृती थापा, कोषाध्यक्ष पार्वती थारू र सह सचिव मनु गुरुङ चयन हुनुभएको छ। त्यसैगरि सदस्यहरु जगत बहादुर थापा , जगीलाल थापा , बसन्त सिंजाली , नारायणी पाटा , सुमन थापा , खिम रेस्मी मगर , निलम चौधरी र एकु राना चयन हुनुभएको छ।