दलित मुक्ति माेर्चाले विहिबार बुटवलमा विराेधसभा गर्ने

बुटवल । नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति माेर्चाले गृहमन्त्री रमेश लेखककाे ठाडाे निर्देशनमा अन्तरजातीय विवाह गर्ने दलित युवा माथि अत्याचार भएकाे भन्द‌ै विहिबार बुटवलमा विराेध सभा गर्ने भएकाे छ ।गृहमन्त्री लेखकले अन्तरजातीय विवाह गरेका सर्लाहीका सत्येन्द्र कुमार चमार र नेहा राैनियारलाई छुटाउन सत्ताकाे दुरूपयाेग गर्नुका साथै पिडित चमारलाई यातना दिएकाे समाचार बाहिर आएकाे थियाे ।

सोही घटनालाई लिएर बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै विहिवार दिउसो ४ बजे बुटवलको पुष्पलाल पार्कमा विरोध प्रर्दशन गर्ने कार्यक्रम गर्ने मोर्चाका जिल्ला सचिव छवि नेपालीले जानकारी दिए ।

चमार विरुद्ध बालविवाहको मुद्दा दायर गरिएको छ । प्रहरीले उनलाई मुम्बईसम्म पुगेर पक्राउ गरेको थियो । अन्तरजातीय विवाह छुटाउनकै लागि गृहमन्त्रीकै निर्देशनमा यसरी यातना दिइएको आरोप छ । तर, गृहमन्त्री लेखकले भने सो घटनामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् ।