
लुम्बिनी । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले २०८४ मा माओवादी एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् । माओवादी केन्द्रकाे लुम्बिनी साँस्कृतिक नगर समितिकाे तेस्राे अधिवेशनमा बाेल्दै माओवादीकाे पक्षमा जनलहर देखिएकाे बताएका हुन् । नेता महराले वर्तमान सरकारकाे रवैयाबाट आजित भएका सचेत नागरिकहरू पूर्वदेखि पश्चिम सम्म माओवादी केन्द्रमा प्रवेश गर्ने क्रम चलेकाे बताए । राष्ट्र निर्माण गर्ने एकमात्र शक्ति माओवादी केन्द्र मात्रै भएकाे उल्लेख गर्दै जनतामाझ जान नेता कार्यकर्तालाई आग्रह गरे ।
माओवादी केन्द्र सरकारमा नजाले बरू जनतामा जाने उनकाे भनाइ छ । “माओवादी केन्द्र ८४ सम्म सरकारमा जान्न प्रत्येक नेता कार्यकर्ता जनताकाे घरदैलाेमा जान्छन्” उनले भने । मधेसी मुस्लिम लगायत सिमान्तकृत समुदायकाे मुक्तिका लागि माओवादीकाे नेतृत्वमा दसवर्षे जनयुद्ध सञ्चालन भएकाे स्मरण गर्दै उनले जनयुद्धकाे समयमा गरिएकाे बाचा पूरा गर्ने समय आएकाे बताए ।