
दाङ । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशकाे अध्यक्षमा बाँकेका प्रदिप वाग्ले निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशकाे राजधानी राप्ती उपत्यकामा सम्पन्न तेस्राे अधिवेशनबाट २७ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएकाे हाे । जसकाे उपाध्यक्षमा भूपेन्द्रप्रकाश वली (दाङ)समावेशी उपाध्यक्षमा चिन्ता परियार (कपिवस्तु), महिला उपाध्यक्षमा देवी गुरूङ (राेल्पा),महासचिवमा कमल रायमाझी (रूपन्देही), सचिवमा तिलाचन पाण्डे (गुल्मी), महिला सचिवमा अनिता पोख्रेल (दाङ), सचिवमा जितेन्द्र बुढाथोकी (राेल्पा), दलित सचिवमा भरत नेपाली (राेल्पा),सचिवमा जीवलाल सुवेदी (पाल्पा), कार्यालय सचिवमा टेकम वली (राेल्पा), कोषाध्यक्षमा प्रकाश वैद्य (प्युठान) र लेखा समिति संयोजकमा मिन अधिकारी (प्युठान) निर्वाचित भएकाे निर्वाचन समिति संयाेजक उदय जिएमले जानकारी दिए ।
सदस्यहरू चिरञ्जीवी न्यौपाने, शिवु खनाल, रमेश गैरे, सञ्जय सौगात, डिबी खड्का, राजेश आचार्य, उर्मिला गौतम, प्रदीप गुप्ता, राजु तंगाल, बालाराम शेर्पाइली, वीरेन्द्र गिरी र राजु रिजाल क्षेत्री निर्वाचित भएका छन् । २ जना सदस्य पहिलाे वैठकबाट मनाेनय गरिने संगठनले जनाएकाे छ ।